२०८२ साउन २२, बिहिवार , ११:३३:२० बजे

Sajhamanch
'

झापाको सुरुङ्गामा ग्यास लिक भएर आगलागी, एक वृद्धा घाइते

बिहिवार, साउन २२, २०८२

झापा । झापाको सुरुङ्गामा ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धा घाइते भएका छन् । कनकाईमा नगरपालिका–३ सुरुङ्गाका ध्रुव श्रेष्ठको तीनतले घरको दोस्रो तलामा एउटा कोठामा डेरा गरी बस्ने ताप्लेजुङ घर भएका ८१ वर्षीया बाटुलीमाया दाहालले खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई आज बिहान अन्दाजी ७ः१५ बजे आगलागी भएको थियो । आगलागीबाट दाहालको शरीरको विभिन्न भाग डढेको छ ।

उनलाई कनकाई नगर अस्पताल सुरुङ्गामा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

उक्त कोठाभित्र रहेका दुई वटा लो–बेड, एउटा काठ दराज, किचन र्‍याक, लत्ताकपडा, अन्नपातलगायत अन्य सरसामान जलेर पूर्णरुपमा नष्ट हुँदा अन्दाजी २ लाख बराबरको क्षति भएको छ । आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बिहिवार, साउन २२, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर