
झापा । भद्रपुरमा जंगली हात्तीले घर भत्काएर क्षति गरेको छ । आज बिहान ८ः२० बजे भद्रपुर-४ साम्पाङ बस्ने आसबहादुर लिम्बुको इँटा र सिमेन्टले बनेको माथि जस्ताको छानो भएको एकतले घरमा एउटा जंगली हात्ती आई घरको दक्षिणपट्टिको पर्खाल भत्काएको हो । त्योसँगै कोठाभित्र रहेको ६ मन धान खाएर नष्ट गर्दा अन्दाजी १७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।