२०८२ साउन २१, बुधवार , ०२:५२:१३ बजे

Sajhamanch
'

कीर्तिमान मूल्यबाट सामान्य घट्यो सुनको भाउ

बुधवार, साउन २१, २०८२

काठमाडौं । हिजो कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २८० रुपैयाँ रहेको थियो ।

बुधवार, साउन २१, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर