२०८२ साउन २१, बुधवार , १०:०३:२१ बजे

Sajhamanch
'

३८ हजार नक्कली नोटसहित २ जना पक्राउ

बुधवार, साउन २१, २०८२

विराटनगर । नक्कली नोटसहित प्रहरीले सुनसरीबाट २ जना पक्राउ गरेको छ ।

भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरु लु. ९२ प. २३८० नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रूपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको हो ।

बरामद भएको ३८ हजार नेपाली नक्कली नोटसहित दुवै जनामाथि अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकरी दिनुभयो ।

बुधवार, साउन २१, २०८२ | अपराध, समाज

सम्बन्धित खबर