
काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ। सुनको भाउ आज एकैदिन एक हजार ९०० रुपैयाँले बढेर तोलाको एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि वैशाख ९ गते सुनको भाउ १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो । हिजो भने सुनको भाउ तोलाको एक लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार २८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २५५ रुपैयाँ रहेको थियो ।