२०८२ साउन १९, सोमवार , ०२:४९:०५ बजे

Sajhamanch
'

शिवसताक्षीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सोमवार, साउन १९, २०८२

झाापा । झापाको शिवसताक्षी नगरपालिका–५ सालडाँगीमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्। आइतबार राति करिब ११ः२० बजे गोप्य सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय शिवगञ्ज र झिलझिलेबाट खटिएको टोलीले स्थानीय २९ वर्षीय राजेन्द्र कुमार ताजपुरियाको घरमा छापा मार्दा अर्का युवक २१ वर्षीय अजय ताजपुरिया पनि लागुऔषध प्याक गर्दै गरेको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार उनीहरूको कोठाबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा १५ ग्राम २३ मिलिग्राम ब्राउन सुगर फेला परेको हो। बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लागुऔषधको कारोबार तथा प्रयोग नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको जनाइएको छ।

सम्बन्धित खबर