
मेचीनगर । मेची उद्योग वाणिज्य संघले पसल आगलागी भएर क्षति भएका दुईजना सदस्य व्यवसायीलाई राहत रकम प्रदान गरेको छ ।
संघले आज आइतबार मेचीनगर १० स्थित अस्मिता पाउरोटी उद्योगका सञ्चालक रोइबहादुर पोखरेल र मेचीनगर १४ स्थित अधिकारी एग्रो भेट्सका सञ्चालक आशिष अधिकारीलाई व्यवसायिक राहत कोषबाट प्राप्त हुने रकम प्रदान गरेको हो ।
अस्मिता पाउरोटी उद्योगका सञ्चालक पोखरेलले ३० हजार र एग्रो भेट्सका सञ्चालक अधिकारीले ४० हजार रुपैयाँ नगद पाउनु भएको पत्रकार अर्जुन कार्कीले जानकारी दिनुभएको छ ।
संघका अध्यक्ष खेमराज प्रसाई, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, महिला उपाध्यक्ष निर्मला चौहान भण्डारी, पूर्व अध्यक्ष ऋषिराज तिम्सिना, कार्यसमिति सदस्यहरु सन्तोष खवास, मानबहादुर कटुवाल, तीलक विक, कार्यकारी निर्देशक गोपाल बस्नेत, ह्याचरी व्यवसायी सुवोध निरौला, स्थानीय व्यवसायीहरु लगायतको उपस्थितिमा उक्त राहत रकम प्रदान गरिएको हो ।
संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले सहजीकरण गर्नुभएको उक्त राहत विरण कार्यक्रममा अध्यक्ष प्रसाईले व्यवसायीहरुको व्यवसायस्थलमा नै पुगेर राहत प्रदान गर्नुभएको बताइएको छ ।
एग्रो भेट्समा २०८१ चैत ५ गते र अस्मिता पाउरोटी उद्योगमा २०८२ जेठ १२ गते आगलागी भएको थियो । संघले यसअघि पसलमा आगलागी भएका १० जना व्यवसायीलाई प्रकृति हेरेर व्यवसायिक राहत कोषको रकम वितरण गरिसकेको छ ।