
बिर्तामोड । सुरेश गुप्ताको संयोजकत्वमा बिर्तामोड उद्योग वाणिज्य संघले देवीहाट व्यवसायी उपसमिति गठन गरेको छ ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको आज भएको भेलाले गुप्ताको संयोजकत्वमा व्यवसायी उपसमिति गठन गरेको हो ।
भेलाले उपसमितिको सहसंयोजकमा उर्मिला शाक्य, सचिवमा उमा शाह, सहसचिवमा कृष्णप्रसाद सुनार र कोषाध्यक्षमा शर्मिला अधिकारीलाई चयन गरेको छ ।
उपसमितिका सदस्यहरुमा तारा श्रेष्ठ, सुमन न्यौपाने, विकास चौहान, दिपेश मानन्धर, रोशना लिम्बू, दिपचन्द शाह, वीर सिंह, दुर्गालाल श्रेष्ठ, रेखा शाह, गौरी मानन्धर, रोशन न्यौपाने, सागर गौतम, सरोज गुप्ता, र राधिका चम्लगाई रहनु भएको पत्रकार सुरेन्द्र भण्डारीले जानकारी दिनु भएको छ ।
त्यस्तै नरेश शाह, नारायण सुनार, द्वारिका अग्रवाल, सूर्य खतिवडा, अनुप अग्रवाल, नरेश महतो र पहलमान लोहारलाई सल्लाहकार समितिमा चयन गरिएको छ ।
संघका वाणिज्य सचिव राजकुमार शाहले शाब्दिक स्वागत गरेको कार्यक्रमको संचालन महासचिव कुशल खतिवडाले गर्नुभएको थियो ।
देवीहाट व्यवसायी उपसमिति गठन भएपछि अब बिर्तामोड उद्योग वाणिज्य संघले आठ वटा उपसमिति गठन पूरा गरेको छ । राजु न्यौपाने नेतृत्वको समितिले पछिल्लो समय टोल टोलमा गएर व्यवसायीहरुलाई एकीकृत गर्दै व्यवसायी उप समिति गठन गर्ने अभियानलाई तीब्रता दिएको हो ।
गठिन उपसमितिलाई संघले १५ थान डस्विन हस्तान्तरण गरेको छ भने उपसमितिको कार्यकाल वर्तमान नेतृत्वको कार्यकाल अवधिभर रहने जनाइएको छ ।