
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नर्सहरूलाई देश बनाउन लाग्न आह्वान गर्नु भएको छ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राणाले नर्सहरूले जीवनकै स्याहार गर्ने भन्दै विदेशमा उज्ज्वल भविष्यका लागि अध्ययन गर्न जाने तर उतै बस्ने नगरी अनुभव सिकेर स्वदेश फर्किएर देश बनाउन लाग्न आग्रह गर्नु भएको हो ।
मन्त्री राणाले चिकित्सकले सर्जरी, अप्रेसन गर्ने भएपनि नर्सले जीवनकै हेरचाह गर्ने बताउनु भयो । आफ्नो र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्जरी गर्नमा प्रतिस्पर्धा नै रहेको बताउनु भयो । आफ्नो ९ वटा र प्रधानमन्त्री ओलीको १० वटा सर्जरी भएको समेत उहाँले बताउनु भयो ।