
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार ४०० रुपैयाँ बढेको छ । सुन आज तीन हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार १०० रुपैयाँ थियो ।
यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको दुई हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार २३५ रुपैयाँ थियो ।