
झापा । झापाको अर्जुनधारामा ग्वाली जलेर नष्ट भएको छ । हिजो साँझ ६ः५० बजे अर्जुनधारा नगरपालिका–९ स्थित प्रणामी टोल बस्ने राम बस्नेतको जस्ता र काठले बनेको एक तले गाईगोठमा खोले पकाउने क्रममा अचानक आगो लागेको थियो । आगलागीबाट गाईगोठ पूर्णरुपमा जलेर नष्ट हुँदा करिब २ लाख बराबरको क्षति भएको छ ।
आगो बिर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा साँझ ७ः४५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।