
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेन्ग कोरेनलाई पराजित गरेका छन् ।
भारतको नोएडामा हिजो भएको बान्टमवेट श्रेणीमा भएको खेलमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा लेखाएका हुन् ।
यो ढाँटका लागि व्यावसायिक करिअरको नवौं जित हो । उनले यो सफलता आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन् ।
दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन् । उनी नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी) का संस्थापक पनि हुन् । यही एनडब्लुसीमार्फत ढाँटको प्रतिभालाई चिनिएको थियो ।