२०८२ साउन १६, शुक्रवार , ०५:२९:४६ बजे

Sajhamanch
'

झापामा ३०० ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ

शुक्रवार, साउन १६, २०८२

झापा । झापाको कनकाईमा ठुलो मात्रामा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुली भिमान नगरपालिका-१० बस्ने २६ वर्षीय विनोद बि.क. र झापा गाउँपालिका-३ बस्ने २४ वर्षीया प्रेमकला महतो रहेका छन् ।

आज बिहान ६ बजेको कनकाई नगरपालिका-३ सुरुङगाको टेम्पु स्ट्यान्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई ३ पोका ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

प्लास्टिकमा ३०० ग्राम ब्राउन सुगर रहेको प्रहरी स्रोतले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर