
काठमाडौं । सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३५ रुपैयाँले घटेर तोलाको दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २७० रुपैयाँ रहेको थियो ।