
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार एक विधेयक प्रमाणीकरण गर्नु भएको छ। राष्ट्रपति पौडेलले बुधवार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ’, विज्ञप्तिमा लेखिएको छ ।