
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर दुई हजार ३१० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३०० रुपैयाँ थियो ।