२०८२ साउन १३, मङ्गलवार , ११:३९:२० बजे

Sajhamanch
'

सहनलाल राष्ट्रिय अधिवेशन आयोजक कमिटीको संयोजक

मङ्गलवार, साउन १३, २०८२

झापा । नेकपा (एमाले) जिल्ला लेखा कमिटी झापाका सदस्य सहनलाल राजवंशीलाई लोकतान्त्रिक राजवंशी संघ नेपाल तेस्रो राष्ट्रिय अधिवेशन आयोजक कमिटीको संयोजकको जिम्मेवारी दिइएको छ ।

लोकतान्त्रिक आदिवाशी जनजाति महासंघद्वारा काठमाडौंमा दुई दिनसम्म सञ्चालित जातीय घटक संघहरुको विस्तारित बैठकबाट उहाँलाई संयोजकमा चयन गरिएको हो ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा सञ्चालित विस्तारित बैठकबाट राजवंशी बाहुल भूगोलका लोकप्रिय नेता सहनलाललाई तेस्रो राष्ट्रिय अधिवेशन आयोजक कमिटीको संयोजक तोकिएको हो ।

सम्बन्धित खबर