
काठमाडौं । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँमा रहेको थियो ।
यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ३०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २९५ रुपैयाँ कायम भएको थियो ।