२०८२ साउन १३, मङ्गलवार , ११:४८:४७ बजे

Sajhamanch
'

जंगली हात्तीले भद्रपुरमा चारवटा घर भत्कायो

मङ्गलवार, साउन १३, २०८२

झापा । जंगली हात्तीले भद्रपुरमा चार वटा घर भत्काएको छ । चारकोशे जंगलबाट निस्किएको हात्तीले आज रातिको बिहान १ बजे भद्रपुर नगरपालिका-४ नमुना बस्तीमा घर भत्काउनुको साथै अन्नबाली खाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार हात्तीले स्थानीय टेकनाथ पराजुलीको टिनको छानो, सिमेन्टको ब्लक भएको भन्साघर भत्काउँदा अन्दाजी २० मन मकै खाएको छ ।

त्यस्तै, प्रेमलाल भण्डारीको टिनको छानो भएको भुइँतल्ले कच्ची घरको झ्याल फुटाएर एक बोरा चामल, रिता विकको टिनको छानो, काठको बेरा भएको एकतल्ले कच्ची घरको बरन्डा भत्काएर एक बोरा मकै र करेलाचोक बस्ने जीतबहादुर लिम्बूको टिनको छानो भएको कच्ची घरको भान्सा कोठाको वाल भत्काएको छ ।, पाँच वटा सुपारीको बोट, १० वटा केराको बोट पनि क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

मङ्गलवार, साउन १३, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर