२०८२ साउन १३, मङ्गलवार , १०:०४:०५ बजे

Sajhamanch
'

झापाको कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

मङ्गलवार, साउन १३, २०८२

झापा । झापाको कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ सितागढी निवासी ५५ वर्षीय अरुण राजवंशी रहेको प्रहरीले जनाएको छ ।

आज बिहान गाईबस्तु खेतमा बाँध्न जाने क्रममा घर नजिकै रहेको कृषि मोटरबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक राजवंशीको दुवै छोरा वैदेशिक रोजगारीमा रहेका छन् भने श्रीमती घरेलु झगडाका कारण माइतीघर गएकी थिइन्। उनी घरमा एक्लै बस्दै आएका थिए।

मङ्गलवार, साउन १३, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर