२०८२ साउन ११, आइतवार , १२:४८:४४ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ११०० रुपैयाँले घट्यो

आइतवार, साउन ११, २०८२

काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ५० रुपैयाँ घटेर तोलाको दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको दुई हजार ३४० रुपैयाँ थियो ।

आइतवार, साउन ११, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर