२०८२ साउन ११, आइतवार , १०:५६:२८ बजे

Sajhamanch
'

खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

आइतवार, साउन ११, २०८२

झापा । आफ्नै भतिजको कुटपिटबाट खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ। ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो।

शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आइतबार बिहान मृत्यु भएको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीले बताए।

कुटपिटबाट घाइते भएका राईलाई उपचारका लागि जिल्लाल अस्पताल दिक्तेलमा ल्याइएको थियो। उपचारकै क्रममा बिहान पौने चार बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुशान्त मिश्रले बताए।कुटपिट गर्ने न्युसनलाई घटनास्थलबाटै पक्राउ गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ।

आइतवार, साउन ११, २०८२ | अपराध, समाज

सम्बन्धित खबर