२०८२ साउन १०, शनिवार , ०८:२०:४३ बजे

Sajhamanch
'

राष्ट्रिय फोटो पत्रकार समूह झापाको गठन

शनिवार, साउन १०, २०८२

बिर्तामोड । राष्ट्रिय फोटो पत्रकार समूहको झापा जिल्ला शाखा गठन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा नेत्रविक्रम बिमली चयन हुनुभएको छ।

उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई र कोषाध्यक्षमा कविचन्द्र गुरागाई चयन हुनुभएको छ । यस्तै, कार्यसमिति सदस्यहरूमा चन्द्र बस्नेत, देव बाँस्कोटा र हेमन्त मैनाली रहनु भएको छ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

आज भएको भेलाले समितिलाई सशक्त बनाउँदै सुझाव र मार्गदर्शन प्रदान गर्न सल्लाहकार समितिसमेत गठन गरिएको छ । उक्त समितिको संयोजकमा पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष मोहनकाजी र सदस्यहरुमा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल र पत्रकार उद्धव पुरी रहनु भएको जनाइएको छ ।

समितिले झापामा फोटो पत्रकारिताको स्तर उकास्न तालिम, अन्तरक्रिया, प्रदर्शनी लगायतका विविध कार्यक्रमहरू सञ्चालन गर्ने र त्यसका लागि केन्द्रीय समितिसँग सहकार्य गर्ने जनाएको छ ।

सम्बन्धित खबर