
काठमाडौं । सुनको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा ५०० रुपैयाँले घटेर तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३३५ रुपैयाँ कायम भएको थियो ।