२०८२ साउन ९, शुक्रवार , ११:४७:२६ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार सभामुख देवराज घिमिरेले भेट गर्नु भएको छ। भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो।

भेटमा राभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम छ।

सम्बन्धित खबर