२०८२ साउन ९, शुक्रवार , ०२:३०:५७ बजे

Sajhamanch
'

रोट्रयाक्ट बिर्तामोड मिडटाउनद्वारा चार्टर दिवसमा बृक्षारोपण

बिहिवार, साउन ८, २०८२

झापा । रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिड–टाउनले आफ्नो ११औं चार्टर दिवस बिर्तामोड नगरपालिका वडा नं. ३ अन्तर्गत रहेको ऐतिहासिक एवम् पर्यटकीय स्थल बिराटपोखरी परिसरमा बृक्षारोपण गरी मनाएको छ ।

क्लवले मंगलबार पोखरी परिसरमा सितारा, बगनबेलीलगायतका विभिन्न जातका फूलका ५१ वटा बिरुवा रोपण तथा केक काटेर वातावरणमैत्री ढंगले चार्टर दिवस मनाएको हो ।

क्लवका चार्टर अध्यक्ष शरद जोशीको अध्यक्षतामा आयोजित बृक्षरोपण कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि बिर्तामोड नगरपालिका, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव रोट्रयाक्टर सौम्य शर्माले गर्नु भएको थियो ।

सो अवसरमा बिराटपोखरी व्यवस्थापन समितिलाई क्लले धन्यवाद ज्ञापन गरेको थियो भने प्रमुख अतिथि बढाथोकीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिड–टाउन विगत ११ वर्षदेखि निरन्तर रूपमा सामाजिक सेवा, नेतृत्व विकास र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील रहँदै आएको छ । क्लवले पछिल्ला वर्षमा विभिन्न परियोजना सञ्चालन गर्दै स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्य गर्दै आएको छ ।