२०८२ साउन ९, शुक्रवार , ०१:३१:०९ बजे

Sajhamanch
'

दाउरा निकाल्ने क्रममा सर्पले डस्दा महिलाको मृत्यु

बिहिवार, साउन ८, २०८२

सुनसरी । दाउरा निकाल्ने क्रममा सर्पले टोकेर सुनसरीमा एक महिलाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे सुनसरी देवानगंज वडा नं. १ बस्ने शम्भुप्रसाद मेहताकी श्रीमती अन्दाजी ५५ वर्षीया पुनमदेवी मेहताले आफ्नै गोठबाट दाउरा निकाल्ने क्रममा करेत सर्पले उनलाई टोकेको थियो ।

बिरामी पुनमदेवीलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवामा सामान्य उपचारपश्चात् थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा राति ८ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बिहिवार, साउन ८, २०८२ | समाज

सम्बन्धित खबर