
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई हजार ४०० रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार ३३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३५० रुपैयाँ कायम भएको थियो ।