२०८२ साउन ९, शुक्रवार , ११:३१:०० बजे

Sajhamanch
'

गौरादहमा करेन्ट लागेर ७७ वर्षी वृद्धाको मृत्यु

बिहिवार, साउन ८, २०८२

झापा । झापाको गौरादह नगरपालिका–७ गक्षामारीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ।

मृत्यु हुनेमा ७७ वर्षीया तेज कुमारी उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बुधबार साँझ करिब ७ः३० बजेको समयमा आफ्नै घरदेखि करिब ५ मिटर दक्षिणमा रहेको गाईको गुवालीभित्र कुटी काट्ने मिसिन चलाउने क्रममा बिद्युत सट भएर उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेपछि उनको तत्कालै मृत्यु भएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।