
अर्जुनधारा । नेकपा (एमाले) अर्जुनधारा वडा नम्बर ६ को आयोजनामा आज पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस मनाइएको छ।
कार्यक्रममा अर्जुनधारा ६ को भूगोलमा रहेका पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटी, नगर तथा वडा कमिटी र टोल तथा विभिन्न जनवर्गीय संगठनका नेताहरु बाक्लो उपस्थिति थियो ।
सहभागी नेताहरुले पुष्पलालको शलिकमा फूलको माला तथा पुष्पगुच्छा चढाएर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
वेलको सानो रुख रहेको कारण वेलगाछीको नामले चिनिने उक्त स्थानमा काठमा लोकेशन तथा स्थान छुट्याउने संकेतमात्र रहेको स्थानमा अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले पुष्पलालको शालिक बनाएर चोकको नाम नै पुष्पलाल राखिएको स्मरण पनि गरियो ।
वडाध्यक्षहरु लोकनाथ गौतम ६ र पुष्प प्रसाई ९ को पहलमा कम्युनिष्ट पार्टीको संस्थापक नेताको शालिक निर्माण गरी अनावरण गर्दाको क्षण स्मरण गर्दै उहाँहरुले झापामा सायद यो पहिलो भएको बताउनुभयो ।
उक्त समयदेखि पुष्पलाल चोकको नामले चिनिएको झापाको भूमिलाई कम्युनिष्टहरुको उर्वर क्षेत्रसमेत रहेको बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज खगेन्द्र नेपालले स्व. पुष्पलाल श्रेष्ठको जीवनीका साथै नेकपा स्थापनाकाल देखि वहाँले पार्टीलाई दिनु भएको खाकासमेत सुनाउनु भयो ।
नेता नेपालले वर्तमान राजनीति समिकरण तथा धुब्रीकरणका बारेमा कति पनि बिचलित नभै पार्टी कार्यकर्ताहरु निर्भयका साथ मिसन पूरा गर्न लाग्नु पर्छ भन्दै पुन: संस्थापक नेताप्रति श्रद्धासुमन ब्यक्त गर्नु भयो ।
पार्टीगत संघीय संरचना, गणतान्त्रिक विधि र पध्दतीको बिकल्प अन्य दर्शन र अभियानले दिन नसक्ने निष्कर्ष निकाल्दै वडाले आयोजना गरेको कार्यक्रमा उपस्थित हुने सहभागीहरुलाई वडाकमिटीका अध्यक्ष रमेशकुमार काफलेले धन्यवाद ज्ञापन गर्दै सभाको समापन गर्नुभएको थियो।
नेकपा एमाले वडा कमिटीका उपाध्यक्ष राजन अधिकारीले सहभागी सबैमा शव्दद्वारा स्वागत राख्नु भएको कार्यक्रमको सञ्चालन लोकनाथ गौतमले गर्नुभएको थियो ।