२०८२ साउन ७, बुधवार , ०७:१४:०४ बजे

Sajhamanch
'

दमकमा दुईवटा चौपायासहित गोठ जलेर नष्ट

बुधवार, साउन ७, २०८२

झापा । झापाको दमकमा दुईवटा चौपायासहित गोठ जलेर नष्ट भएको छ । हिजो दिउँसो २ः३० बजे दमक-३ बस्ने ४५ वर्षीय ख्यामराज सार्कीको काठ र टिनले बनेको ,टिनको छानो भएको गोठमा आगलागी भएको हो ।

गाईलाई खोले पकाइ छोडेको आगो नजिकै रहेको मकैको खोयामा सल्किन गई गोठमा आगलागी हुँदा गोठमा बाँधिराखेको एउटा दुना गाई र एउटा बाछो जलेर मरेको हो ।

गोठमा राखेको सालको काठ अन्दाजी १०–१२ किबि र गोठ पूर्णमा जलेर नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ । उक्त आगलागी दमक नगरपालिकाको दमकल, प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर