२०८२ साउन ६, मङ्गलवार , ०४:५०:३९ बजे

Sajhamanch
'

भद्रपुरमा ३७ ग्राम ब्राउन सुगरसहित तीनजना पक्राउ

मङ्गलवार, साउन ६, २०८२

झापा । झापाको भद्रपुरमा फेरि लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा जिल्ला नुवाकोट तादी गाउँपालिका-६ का अन्दाजी ३० वर्षीय मनकुमार दर्जी, उनको अन्दाजी २६ वर्षीय श्रीमती शशी खत्री र भद्रपुर नगरपालिका-७ डाँफे चोकका अन्दाजी ३० वर्षीय सुनिल चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ८ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा भद्रपुर-७ डाँफे चोकमा बाटोमा पैदल हिडिरहेका उनीहरूलाई चेकजाँच गर्दा बोकेको कालो झोलाभित्र प्लास्टिकको पोका पारी लुकाइछिपाई ल्याएको ३७ ग्राम ४९० मिली ग्राम ब्राउन सुगर फेला परेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।

सम्बन्धित खबर