२०८२ साउन ६, मङ्गलवार , ०५:२०:१० बजे

Sajhamanch
'

२ किलो सुन र नगदसहित ठमेलबाट दुई चिनियाँ नागरिक पक्राउ

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

ठमेलको एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद भएको र यस विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

मङ्गलवार, साउन ६, २०८२ | अपराध, समाज

सम्बन्धित खबर