२०८२ साउन ६, मङ्गलवार , १२:१३:३६ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन तोलामा १८०० रुपैयाँले बढ्यो

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार ८०० रुपैयाँले बढेर एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले बढेर दुई हजार ३२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २८५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

मङ्गलवार, साउन ६, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर