२०८२ साउन ६, मङ्गलवार , ११:४१:३९ बजे

Sajhamanch
'

कांग्रेस महामन्त्री शर्मा ४७ औं पटक रक्तदान गरेर गरे रक्तदानको उद्घाटन

मङ्गलवार, साउन ६, २०८२

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ४७ औं पटक रक्तदान गर्नु भएको छ। उहाँले ४७ पटक रक्तदान गरेर ४३ औँ बिपी स्मृति दिवसको अवसरमा काठमाडौको बसुन्धरामा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।

रक्तदान बिपी स्मृति सामुदायिक सहकारी अस्पताल बसुन्धरालेआयोजना गरेको हो । रक्तदान कार्यक्रम जारी रहेको र ५० औं जना रगतदानका लागि उपस्तिथि भएको महामन्त्री शर्माको सचिवालयले जनाएको छ ।

शर्माको सचिवालयका अनुसार अहिले त्यहाँ अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण कार्यक्रम पनि चलिरहेको छ । फलफूल वितरणमा महामन्त्री शर्मा लगायतका कांग्रेस नेता तथा आयोजक पदाधिकारीहरु खटिरहनु भएको छ । अस्पतालमा निशुल्क स्वास्थ्य परीक्षण र चलचित्र नालापानीको विषेश प्रदर्शनी राखिएको महामन्त्री शर्माको सचिवालयले जनाएको छ।

मङ्गलवार, साउन ६, २०८२ | समाज, स्वास्थ्य

सम्बन्धित खबर