
बिर्तामोड । द भ्वाइस अफ किड्स नेपाल सिजन ४ मा झापाको बिर्तामोडका बाल प्रतिभा सुज्ञान खनाल यतिबेला संगीतप्रेमी लाखौं नेपालीको ढुकढुकी बनेका छन्।
सुरिलो आवाज, आत्मविश्वास र अद्भुत प्रस्तुतिले सुज्ञानले सारा दर्शकको मन जित्न सफल भएका हुन् ।
डिजिटल, फिजिकल हुँदै ब्लाइन्ड अडिसनबाट सुरु भएको उनको यो सांगीतिक यात्रा ब्याटल राउन्डसम्म आईपुग्दा टिम मिलन नेवारबाट उनी छनोटमा परेका छन्। यो क्षणले झापाबासी संगीतप्रेमीका लागि आशाको किरण बन्न पुगेको बताइन्छ ।
सुज्ञान अब लाईभ राउन्ड (भोटिङ्ग राउन्ड)सम्म आइपुगेका छन् र अब उनको जीत शुभेच्छुकको साथ र भोटमा निर्भर रहेको छ। सानो उमेरमै गीत–संगीतमा गहिरो मेहनत गरिरहेका सुज्ञान पढाइ, खेलकुद, सिर्जनात्मकका साथै मनोरञ्जनात्मक क्रियाकलापमा पनि उत्तिकै तेजिला भएको बताइएको छ ।
‘म देशको नाम चल्ने सदाबहार गायक बन्न चाहन्छु। म भाइरल बन्न होइन, संघर्ष गरेर साङ्गितिक यात्रामा मेरो नाम अटल राख्न चाहन्छु’ सुज्ञानको दृढ इच्छा छ ।