२०८२ साउन ५, सोमवार , ०५:०८:२६ बजे

Sajhamanch
'

भद्रपुरमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

सोमवार, साउन ५, २०८२

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–९ नहर टोलस्थित चन्द्रगढी–चारआली सडकको छेउमा सोमबार दिउँसो वेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको छ।

झापा प्रहरीका अनुसार २०८२ साउन ५ गते दिउँसो १२ः१० बजेको समयमा सडकको दाहिने साइडमा बन्दुक देखिएको सूचनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले उक्त भरुवा बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। बन्दुक कसले र किन छाडेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

यस प्रकारको घटनाले सुरक्षाप्रति चासो बढाएको छ भने स्थानीयवासीले यसबारे शीघ्र छानबिनको माग गरेका छन्।

सम्बन्धित खबर