२०८२ साउन ५, सोमवार , ०४:०५:११ बजे

Sajhamanch
'

कचनकवलमा ग्यास लिक भएर आगलागी, ५० हजारभन्दा बढीको क्षति

सोमवार, साउन ५, २०८२

झापा । झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित रतनलाल राजबंशीको घरमा आज बिहान आगलागी भएको छ।

बिहान करीब ९ः५५ बजे घरको भान्सा कोठामा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगो करीब १०ः३० बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीबाट फ्रिज, पानी तान्ने मोटर, जस्तापाता, ग्यास चुलो जलेर नष्ट भएको र प्रारम्भिक अनुमान अनुसार करिब ५० हजार ५०० रुपैयाँ बराबरको धनमालको क्षति भएको छ। यद्यपि घटनामा कुनै पनि मानविय क्षति वा चौपायाको क्षति भने भएको छैन।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर