
काठमाडौं । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । आज सुनको भाउ बढेर तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार २८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार २८० रुपैयाँ थियो ।