२०८२ भदौ ५, बिहिवार , ०१:१८:१६ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ सामान्य बढ्यो

शुक्रवार, साउन २, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर दुई हजार २८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २६५ रुपैयाँ कायम भएको थियो ।

शुक्रवार, साउन २, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर