
काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ३०० रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको दुई हजार २७५ रुपैयाँ थियो ।