२०८२ असार ३१, मङ्गलवार , ११:३३:४३ बजे

Sajhamanch
'

सुर्खेतमा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

मङ्गलवार, असार ३१, २०८२

सुर्खेत । सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भेरी नगरपालिका‐५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका‐३ मा बस्दै आएका चन्दलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको हो ।

चन्दले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयो।

यस घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मङ्गलवार, असार ३१, २०८२ | अपराध, समाज

सम्बन्धित खबर