
खोटाङ । बराहापोखरी गाउँपालिका-४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले बताउनु भयो ।
घटनाबारे सूचना आएपछि इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको खोटाङका प्रहरी प्रमुख डीएसपी प्रतीक विष्टले बताउनु भयो ।