२०८२ असार ३१, मङ्गलवार , ०१:२७:५६ बजे

Sajhamanch
'

सुनको भाउ स्थिर हुँदा चाँदीको घट्यो

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । सुन आज हिजोजस्तै तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर दुई हजार २७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३१५ रुपैयाँ कायम भएको थियो ।

मङ्गलवार, असार ३१, २०८२ | अर्थतन्त्र, समाज