२०८२ असार २९, आइतवार , ०१:५६:३८ बजे

Sajhamanch
'

प्रदेश खेलकुद विकास बोर्डद्वारा दाहाल सम्मानित

आइतवार, असार २९, २०८२

विराटनगर । शारीरिक सुगठन (बडिबिल्डिङ) खेलमा लामो समयदेखि योगदान पुर्याउँदै आउनु भएका झापा बिर्तामोडका राम दाहाल सम्मानित हुनु भएको छ । दाहाललाई खेलकुद विकास बोर्ड कोशीले एक विशेष समारोहका बीच शनिबार सम्मान गरेको हो ।

पूर्व खेलाडी तथा शारीरिक सुगठन प्रशिक्षक दाहाललाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, वोर्ड अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राई र सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले नगद ९ हजार ९९९ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भयो ।

खेलकूद बोर्डले शनिबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान गरेको हो । दाहालले शारीरिक सुगठन (बडिबिल्डिङ) खेलमा लामो समयदेखि समर्पित रहँदै खेलाडी उत्पादन, प्रशिक्षण तथा प्रतिस्पर्धात्मक उचाइमा पुर्‍याउने कार्यमा उल्लेखनीय योगदान पुर्याएको सम्मान पत्रमा उल्लेख गरिएको छ ।

सम्मानित हुनु भएको दाहाल बडी ग्यारेज बिर्तामोडका सञ्चालक पनि हुनुहुन्छ ।

सम्बन्धित खबर