
शिवसताक्षी । नेकपा एमाले निकट युवाहरुको लोकप्रिय संगठन राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी अध्यक्षमा शिवराज राई निर्वाचित हुनु भएको छ। युवा संघको तेस्रो नगर अधिवेशनबाट राई निर्वाचित हुनु भएको हो । जसको उपाध्यक्षमा संजोक दाहाल निर्वाचित हुनु भएको छ ।
विहीबार शिवसताक्षीको शिवगञ्जमा भएको अधिवेशनमा युवा संघ नगर अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसक्दा चुवानी प्रकृयाबाट चयन गरिएको युवा संघ झापा जिल्ला अध्यक्ष फुर्वा लामाले जानकारी दिनु भयो ।
अन्य पदमा भने सर्वसम्मत चयन भएको उहाँले बताउनु भयो । त्यस्तै कमिटीको सचिवमा हेमराज पाण्डे, उपसचिव द्वयमा शुशिला राजवंशी, विरबहादुर कटुवाल, कोषाध्यक्षमा सचिव श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।
कमिटीमा १५ सदस्य चयन भइसकेको नवनिर्वाचत कमिटीले जनाएको छ । नव निर्वाचित युवा संघको नगर कमिटी ३३ सदस्य रहने र केही सदस्यहरुलाई मनोनयन गर्नेछ ।
अधिवेशनको उद्घाटन युवा संघकी केन्द्रीय सचिव निशा लिम्बुले गर्नु भएको थियो । अधिवेशनका अधिकांश बक्ताहरुले युवाहरु फुटेर नभई जुटेर अघि बढ्न सुझाएका थिए ।
अधिवेशनमा शिवसताक्षीको भुगोलबाट प्रतिनिधित्व गर्दै युवा संघ नेपालको केन्द्रिय सचिव पदमा निर्वाचित निशा लिम्बु, झापा जिल्ला अध्यक्ष फुर्वा लामालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिव निशा लिम्बु, सदस्य खगेन्द्रराज आङ्देम्बे,नेकपा एमाले झापा जिल्ला सचिव तुलसी कार्की, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा शिवसताक्षी नगर इन्चार्ज, युवा संघ झापा जिल्ला अध्यक्ष फुर्वा लामा, चन्द्रकुमार सेर्मा, नगर अध्यक्ष मेदनी दंगालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।