२०८२ असार २६, बिहिवार , ०४:१८:१२ बजे

Sajhamanch
'

प्रेस चौतारी झापाको उपचार कोषमा सापकोटाको सहयोग

बिहिवार, असार २६, २०८२

झापा । नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद रु ११ हजार १११ रुपैयाँ प्रदान गर्नुभएको छ। सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले गरिएको उक्त सहयोग आज बिर्तामोडस्थित प्रेस चौतारीको कार्यालयमा हस्तान्तरण गरिएको हो।

सापकोटाले सहयोग रकम कोषका संयोजक भीमा शिवाकोटी र प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई हस्तान्तरण गर्दै सञ्चारकर्मीहरूको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्य व्यक्त गर्नुभयो । उहाँले बिर्तासिटी इन्टरनेशनलका सञ्चालकका रूपमा पनि आफू सामाजिक कार्यमा सक्रिय रहेको जनाउँदै, अन्य उद्योगी, व्यवसायी तथा सामाजिक अगुवाहरूलाई पनि यस्ता कार्यमा हातेमालो गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, नेकपा एमाले झापाका सदस्य एवम् प्रेस चौतारी झापाका इञ्चार्ज मनकुमार गदाल, पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी, कार्यसमिति सदस्यहरू रविकिरण वान्तावा, भरत प्रसाई र सुर्योदय टिभीका देव बाँस्कोटाको उपस्थिति रहेको थियो।

कोषका संयोजक भीमा शिवाकोटीले अध्यक्ष सापकोटाको सहयोगप्रति आभार प्रकट गर्दै विशेष दिनलाई रचनात्मक कार्यमार्फत अर्थपूर्ण बनाएको भन्दै प्रशंसा गर्नुभयो । हालसम्म सो कोषमा साढे ६ लाख रुपैयाँ संकलन भइसकेको छ। संकलित रकमको व्याजबाट पत्रकारहरूलाई स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने गरिएको छ।

बिहिवार, असार २६, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर