
काठमाडौं । नेकपा (एमाले)ले आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनको भेला बोलाएको छ ।
जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार अहिले बिहान साढे ७ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेला बोलाइएको हो ।
भेलामा सबै २३ वटै जनसंगठनका इन्चार्ज र अध्यक्षसहित सबै पदाधिकारीहरु सहभागी हुनेछन् ।
ढकालले जनाए अनुसार भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनको कामको प्रकृति अनुसार विविध जिम्मेवारी प्रदान गरिनेछ ।
भेलालाई महासचिव शंकर पोखरेलले विशेष निर्देशन गर्नुहुने जनसंगठन संयन्त्र प्रमुख ढकालले बताउनु भयो ।