
झापा । झापाको मेचीनगरमा जंगली हात्तीले एउटा घर भत्काएको छ । मंगलबार बिहानको राति ३ बजे मेचीनगर नगरपालिका-४ स्थित मनकामना टोल निवासी सुवर्णकुमार खड्काको भान्सा घर एउटा जंगली हात्तीले भत्काएको हो ।
भान्सा घर भत्काई भान्सा घरमा रहेको खाद्यान्न, अन्य सर–सामान गरी अन्दाजी ५० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हात्तीले दिनहुँ जसो जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याउँदै आइरहेको छ ।