२०८२ असार २४, मङ्गलवार , ०९:३३:३७ बजे

Sajhamanch
'

त्रिशूली नदीको बाढीमा फसेका २ जनाको हेलिकोप्टरबाट उद्धार

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नुवाकोटको विदुरमा त्रिशूली नदीको बाढीमा फसेका दुईजनाको सकुशल उद्धार गरिएको छ ।

बिहान त्रिवेणीघाटमा घाँसदाउरा गर्न गएका ६७ वर्षिय पाल्देन तामाङ र उहाँकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीमा एक्कासी बाढी आउँदा फस्नुभएको थियो । बाढी आएपछि रुख चढेर बसेका उनीहरुलाई केहीबेरअघि हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

मङ्गलवार, असार २४, २०८२ | समाज

सम्बन्धित खबर